हाम्रो बारेमा
आयुर्वेद चिकित्सा वैदिक कालदेखि शास्वत रुपमा चल्दै आएको चिकित्सा हो । वि. सं. २०२४ मा यस कार्यालय गण्डकी अञ्चल आयुर्वेद औषधालयको रुपमा वेगनासमा स्थापित यस अस्पताल वि. सं. २०५८ मा आयुर्वेद विभागबाट जिल्लामा रहेका साधारण औषधालयहरुको आर्थिक कारोबार जिल्लास्तरीय कार्यालयबाट गर्ने निर्णय भए अनुसार सदरमुकाम बाहिर रहेका जिल्लास्तरीय कार्यालयहरु जिल्ला सदरमुकाम ल्याउने नीति अनुसार तत्कालिन लेखनाथ-३, अर्घौमा रहेको लेखनाथ आयुर्वेद औषधालयको भवनमा स्थानान्तरण गरि यहाँ स्थित औषधालयलाई वेगनास आयुर्वेद औषधालयको रुपमा वेगनासमा स्थानान्तरण गरिएको थियो । यसपछि निरन्तर रुपमा अर्घौ बजार स्थित यस अस्पताल गण्डकी अञ्चल आयुर्वेद औषधालयको नाममा संचालनमा रहेको थियो । देशको संघिय संरचना अनुसार यस अस्पताल गण्डकी प्रदेश अन्तर्गत रही गण्डकी आयुर्वेद औषधालयको नाममा आयुर्वेद सेवा दिईरहेको अवस्थामा मिति २०८१/०२/१६ गतेको गण्डकी र धौलागिरी आयुर्वेद औषधालयमा अन्तरंग सेवा सहितको स्तरोन्नति गर्ने निर्णय, मिति २०८१/०७/१२ गते गण्डकी प्रदेश सरकारबाट २५ शैय्या संचालन स्वीकृति र २०८१/०८/१२ गते गण्डकी आयुर्वेद अस्पताल नामाकरण साथै २०८१/०९/०९ गते स्थायी संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत एवं २०८२/०२/०४ गते अन्तरंग सेवा लगाएतका चूर्ण औषधि उत्पादन इकाई, आधुनिक वाष्प स्वेदन यन्त्र, स:शुल्क औषधि वितरण सेवाको शुभारम्भ समुद्घाटन भई थप आयुर्वेद सेवाहरु सहित गुणस्तरीय सेवामा निरन्तर प्रतिवद्ध रहदै सेवा प्रदान गर्दै आईरहेको छ ।
279