गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

"आफु र समाजका लागि योग" १०औं विश्व योग दिवस



"आफु र समाजका लागि योग"

१०औं विश्व योग दिवस

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजना तथा गण्डकी आयुर्वेद औषधालयको समन्वय एवं लोक सांस्कृतिक संरक्षण समिति, सक्नेरीको सहकार्यमा पोखरा २७, सक्नेरीमा १०औं विश्व योग दिवस भव्य र सव्य रुपमा मनाइएको छ

विहानी प्रथम सत्र योग अभ्यास पश्चात औपचारिक कार्यकमको शुरुवातसंगै सहभागीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो 

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश श्रीमान सचिव ज्यूको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको तर्फबाट लोक सांस्कृतिक संरक्षण समिति एवं सिद्धाश्रम योग आश्रमको लागि योग म्याट, स्पीकर, तौल मेसिन, पुस्तकहरुका साथ अन्य मेडिकल उपकरणहरु पनि हस्तान्तरण गरिएको थियो 

कार्यक्रमको समापनमा जडिबुटी चिया एवं फलफुल वितरण गरिएको कार्यक्रमको संचालन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सूचना अधिकारी आयुर्वेद चिकित्सक डा.मधुरजी ढकाल तथा स्वस्थ जीवनशैली सम्बन्धि प्रस्तुतीकरण सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश चिकित्सा सेवा महाशाखा प्रमुख डा.रमेश कुमार के.सी.बाट भएको थियो भने आयुर्वेद तथा योगको महत्व सहित गण्डकी आयुर्वेद औषधालयको वर्तमान अवस्था र आगामी आ.व.मा थप गुणस्तरीय सेवा संचालनको सम्बन्धमा गण्डकी आयुर्वेद औषधालयका कविराज निरीक्षक डा.रामकृष्ण भुजेलले जानकारी दिनु भएको थियो 

 

Download: "आफु र समाजका लागि योग" १०औं विश्व योग दिवस