गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग



गण्डकी आयुर्वेद औषधालयको आयोजना एवं पोखरा महानगरपालिका १९ नं.वडा कार्यालयको समन्वयमा स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग सम्पन्न भएको छ ।

२०८१ आषाढ १४ र १५ गते संचालन भएको २ दिने सो कार्यक्रमको पहिलो दिन स्वस्थ जीवनशैली सम्बन्धि प्रस्तुतीकरण भएको थियो भने दोस्रो दिन आषाढ १५ दहि चिउरा खादै शुक्ष्य ब्यायाम सहित भान्साका जडिबुटीहरुको बारेमा जानकारी दिईएको थियो ।

उदघाटन र समापन सत्रको अध्यक्षता गण्डकी आयुर्वेद औषधालय प्रमुख डा.कुमार कासुला तथा प्रमुख अतिथि १९ नं. वडा अध्यक्ष श्री पुष्पेन्द्र पाण्डे रहनु भएको कार्यक्रमको संचालन गण्डकी आयुर्वेद औषधालयका लेखापाल कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो ।

Download: स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग