अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी एवं क्षमता अभिवृद्धि तालिम
गण्डकी आयुर्वेद अस्पताल,कास्कीको आयोजनामा अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ I
२०८१/१०/१५ देखि १७ गते सम्म चलेको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य सचिव श्रीमान् डा.विनोद विन्दु शर्माले गर्नु भएको थियो भने प्रशिक्षकको रुपमा गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखा प्रमुख स्वास्थ्य प्रशासक डा.रमेश कुमार के.सी, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखराका कार्यकारी निर्देशक डा.विकास गौचन, धौलागिरी आयुर्वेद अस्पताल, बागलुंग प्रमुख डा.शरद पन्थी, गण्डकी आयुर्वेद अस्पताल, कास्की प्रमुख डा.शंकर गौतम, भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा.अनिल थापाले सहजीकरण गर्नुभएको थियो I
सो कार्यक्रममा कास्की जिल्ला स्थित सम्पूर्ण पालिकाका आयुर्वेद संयोजकका साथ आयुर्वेद स्वास्थ्यकर्मीहरु, नागरिक आरोग्य केन्द्रका अभियानकर्ताहरू, भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रमा एकिकृत स्वास्थ्य सेवा अन्तर्गत आयुर्वेद सेवा कार्यक्रममा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरु तथा गण्डकी आयुर्वेद अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो I

Download: अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी एवं क्षमता अभिवृद्धि तालिम
141