स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन कार्यक्रम
मिति २०७९/०७/१८ र १९ गते माछमापुच्छ्रे गाँउपालिका वडा नं ७ धम्पुसमा २ दिने स्वास्थ्य प्रवर्द्धनको लागि जिवनशैली परिवर्तन कार्यक्रममा नेपालमा आयुर्वेदको अवस्था,आयुर्वेदमा वर्णित दिनचर्या, ऋतुचर्या, खानपान र योग सम्बन्धी सैद्धान्तिक एवं योग अभ्यास गराई सधै स्वस्थ रहन दैनिक जिवनमा अपनाउन अनुरोध गर्दै सम्पन्न भयो । सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सा महाशाखाका निमित्त प्रमुख डा. नारायण श्रेष्ठ, गण्डकी आयुर्वेद औषधालय प्रमुख डा.कुमार कासुला, वरिष्ठ कविराज निरिक्षक नविन किरण भुसालले आ-आफ्नाो प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत प्रविण भण्डारी ले विषेश सहयोग र गण्डकी आयुर्वेद औषधालयका अन्य कर्मचारीहरु डा. अच्चूत शालि घिमिरे, वैद्य निरिक्षक सीता शर्मा, कार्यालय सहयाोगी शोभा खनालले पनि सहयोग गर्नुभएको थियाे भने कार्यक्रम वडाध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Download: स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन कार्यक्रम
50