स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग
गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजना एवं रुपा गाउँपालिकाको समन्वयमा हंसपोखरी आयुर्वेद औषधालयको प्रांगणमा स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग (२ दिने) मिति २०८१ जेष्ठ ८ र ९ गते सम्पन्न भयो ।
गण्डकी आयुर्वेद औषधालयका प्रमुख आयुर्वेद चिकित्सक डा.कुमार कासुला सभाध्यक्ष रहनु भएको सो कार्यक्रमको प्रमुख अतिथि रुपा गाउँपालिका प्रमुख नवराज ओझा एवं बिशेष अतिथि ७ नं. वडाध्यक्ष कृष्णराज सुबेदी सहित पालिकास्थित समाजसेवी, विद्यालय प्रतिनिधी, म.स्वा.से., आमा समुह, स्थानीय क्लब, बन उपभोक्ता समिति सदस्यहरु उपस्थित रहेको कार्यकममा डा.कुमार कासुला, डा.रामकृष्ण भुजेल, एकेश बहादुर थापा ज्यूहरुबाट स्वस्थ्य जीवनशैली प्रस्तुतिकरण एवं सहभागीहरुलाई योगाभ्यास सहजीकरण गर्नु भएको थियो भने
सोहि कार्यक्रममा ७/७ सदस्यीय रुपा गाउँपालिका, स्थानीय नागरिक आरोग्य समिति एवं ७ नं. वडा, स्थानीय नागरिक आरोग्य समूह पनि गठन गरियको छ ।

Download: स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग
56