राष्ट्रिय योग दिवस कार्यक्रम पोखरा महानगरपािलका का प्रमुख श्री धनराज आचार्य ज्यूको प्रमुख आतिथ्यता तथा योग विशेषज्ञ डा. महेश्वर भट्टको प्रशिक्षणमा मिति २०८०/१०/०१ मा पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा सम्पन्न भयो ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको गण्डकी आयुर्वेद औषधालय, कास्की र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा योगाभ्यास तथा जिज्ञासा र छलफल सहित पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा माघ १ गते नवौं राष्ट्रिय योग दिवस मनाइएको छ।
पोखरा महानगरका शैक्षिक प्रशासन महाशाखा एवं स्वास्थ्य महाशाखा प्रमुख हेम प्रसाद आचार्यको अध्यक्षता तथा महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रमका प्रमुख योग प्रशिक्षक डा. महेश्वर भट्ट रहनुभएको थियो। उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार के.सी., स्वास्थ्य निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख राम बहादुर नेपाली, गण्डकी आयुर्वेद औषधालय, कास्कीका प्रमुख डा. कुमार कासुला, महानगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, मन्त्रालय, महानगर र अन्तर्गतका कार्यालयका विभिन्न कर्मचारीहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो।

54