गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

पोखरा वृद्धाश्रममा जेष्ट नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न



गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजना एवं पोखरा वृद्धाश्रमको समन्वयमा पोखरा महानगरपालिका वडा नं.१७, सीतापाइला स्थित पोखरा वृद्धाश्रममा जेष्ट नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।

उदघाटन सत्रको समाप्ति संगै १०६ वर्षीय जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणबाट शुभारम्भ गरिएको स्वास्थ्य परिक्षणमा ४८ जना जेष्ठ नागरिकहरुले सेवा लिनु भएको थियो, सो कार्यक्रममा नि:शुल्क रक्तचाप तथा रगतमा ग्लुकोजको मात्रा परिक्षणको साथमा डा.दीक्षा पौडेलको टिमबाट स्वास्थ्य परामर्श सहित औषधी वितरण गरिएको थियो ।

स्वास्थ्य परिक्षणको समाप्तिसंगै समापन समाराेहमा पोखरा वृद्धाश्रमका अध्यक्ष श्री कुसुम केशब पराजुलीबाट आभार प्रकट गर्दै गण्डकी आयुर्वेद औषधालयलाई कदर पत्र प्रदान गर्नु भएको थियो

Download: पोखरा वृद्धाश्रममा जेष्ट नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न