जडिबुटी पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८०
मिति २०८० पौष २६ गते मादी गाउँपालिकाको सहकार्यमा सरोकारवालाहरुलाई जडिबुटी पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गण्डकी आयुर्वेद औषधालयका प्रमुख डा. कुमार कासुलाको अध्यक्षतामा मादी गाउँपालिका अध्यक्ष श्री देवी जङ्ग गुरुङ्गको प्रमुख आतिथ्यतामा संचालन भएको थियो।सो कार्यक्रममा मादी गा. पा. का प्रमुख प्रशासकीय अधिकृत श्री कमल गौतम मादी ३ का वडाध्यक्ष श्री विकस गुरुङ्ग स्वास्थ्य संयोजक श्री गोपालचन्द्र बराल याङ्जाकोट स्वास्थ्य चौकी प्रमुख श्री अमित सापकोटा स्वास्थ्य स्वयंसेविका एवं स्थानीय व्यक्तिहरु सहभागी भएका थिए ।
सो कार्यक्रममा डा. कुमार कासुला र डा. प्रदिप अधिकारीले कार्यालयको परिचय एवं उपलब्ध सेवा साथै स्थानीय जडिबुटीहरुको पहिचान संरक्षण र प्रयोग बारे जनाकारी गराउनु भयो । कार्यक्रम संचालन कार्यालयका लेखापाल श्री कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो।



Download: जडिबुटी पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८०
54
