नागरिक आरोग्य अभियान कार्यक्रम
मिति २०८१/०९/१८ गते जिल्ला समन्वय समिति, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको आयोजना एवं गण्डकी आयुर्वेद अस्पताल,कास्कीको समन्वयमा जिल्ला समन्वय समिति, कास्कीको सभा हलमा जिल्ला नागरिक आरोग्य समिती, स्थानीय आरोग्य समिति एवं सरोकारवाला निकायहरु बीच छलफल एवं अन्तरक्रिया सम्पन्न भयो ।
सो कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति, कास्कीका प्रमुख एवं जिल्ला नागरिक आरोग्य समिति, कास्कीका संयोजक श्री लिलाधर पौडेलको रहेको थियो भने जिल्ला नागरिक आरोग्य समिति, कास्कीका सदस्य सचिव एवं गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा.शंकर गौतमले नागरिक आरोग्य समितिको काम, कर्तव्य, जिम्मेवारी, हालको अवस्था लगाएत स्वास्थ्य जीवनशैली, आहार विहार विषयगत कार्यपत्र प्रस्तुत गर्नु भएको भने कार्यक्रमको बिचमा डा.रामकृष्ण भुजेल मगरबाट सम्पूर्ण सहभागीहरु समेत कर्पोरेट योग तथा मेच सूर्य नमस्कार योगाभ्यास सम्पन्न भएको थियो ।

Download: नागरिक आरोग्य अभियान कार्यक्रम
112