न्यूनतम सेवा मापदण्ड अन्तर्गतको पहिलो कार्यक्रम मिति २०८०/०४/१४ र १५ गते स्वास्थ्य निर्देशनालयको टाेलीले सम्पन्न गरियो
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राविधिक सहयोग तथा गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो लेखाजोखा/रेडिनेस बारे गण्डकी आयुर्वेद औषधालय, कास्कीमा सम्पन्न भयो। कार्यक्रममा मुख्य श्रोतव्यक्तिको रुपमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका डाक्टर नारायण श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मनांगका प्रमुख डाक्टर शंकर गौतम, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो। ओपिडी, ल्याब, योगा, नागरिक आरोग्य कार्यक्रम लगायत धेरै सेवाहरु व्यवस्थित भएको र औषधी पाकशाला, CSSD, Laundry, गुणस्तर व्यवस्थापनलाई अझै व्यवस्थित गर्न जरुरी देखिएको भन्ने सुझाव प्राप्त भयो
.jpg)
54