न्यूनतम सेवा मापदण्ड तेस्रो लेखाजोखा सम्पन्न
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्डको समिक्षा र अनुगमनबाट अस्पतालको हालको अवस्था र समस्याको पहिचान भई निरन्तर सेवा सुद्विधिकरण हेतु धौलागिरी आयुर्वेद अस्पताल, बाग्लुंग प्रमुख डा.शरद पन्थी ज्युको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश प्रतिनिधि डा. मधुर जी ढकाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तनहुँ प्रमुख डा.नारायण श्रेष्ठ लगाएतको सहभागितामा मिति २०८१/०९/०७ र ०८ गते यस अस्पतालको न्यूनतम सेवा मापदण्ड तेस्रो लेखाजोखा सम्पन्न भएको छ । कार्यक्रम समापनको क्रममा संयोजक डा.शरद पन्थी ज्यूले प्रस्तुतिकरण सहित आवश्यक निर्देशन र सुझावहरु प्रदान गर्नु भएको थियो ।

Download: न्यूनतम सेवा मापदण्ड तेस्रो लेखाजोखा सम्पन्न
106