गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम
गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजना एवं पोखरा स्वास्थ्य चौकीको समन्वयमा पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दीमा स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी आयुर्वेद औषधालय प्रमुख डा.कुमार कासुलाको अध्यक्षता र वडा नं. २२ वडाध्यक्ष श्री हिमलाल बराल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संचालन लेखा शाखा प्रमुख श्री कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो ।
४५ जना सहभागी रहेको सो कार्यक्रममा आफना घर वपरका करेसावारिहरुमा ताजा विषादी रहित सागसब्जीहरुको उत्पादन गर्न तथा स्थानीयस्तरमा उपलब्ध खाद्यान्न लगायतका वस्तुहरुको उपयोगम वृद्धि गरि स्वस्थकर खानपान एवं स्वस्थ जीवनशैलीको लागि गृहणीहरुको व्यबहार परिवर्तन गर्ने सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो ।

Download: गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम
96
