नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर
मिति २०८२ वैशाख २० गते शनिवार गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २६ को रामज्योति मा.वि., सक्नेरीमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भयो। सक्नेरी युवा क्लब, लेखनाथ खानेपानी संस्थान, लोक संस्कृतिक समिति, उज्जवल आमा समुह, सक्नेरी बुद्ध आमा समुहको समन्यव रहेको सो नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरको स्थानीय आयोजक २६ नं. वडा कार्यालय, पोखरा महानगरपालिका रहेको थियो । २६ नं. वडा अध्यक्ष श्री नरेन्द्र थापा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो शिविर, गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा. शंकर गौतम ज्यूको अध्यक्षता एवं नेतृत्व गर्नु भएको चिकित्सकीय टोलीमा डा. दीक्षा पौडेल, डा. किरण कमल बस्ताकोटी, डा. नारायण पाण्डे, डा. शुभाष भुजेल, डा. बिपिन बन्धु आचार्य, डा. अर्जुन सापकोटा रहनु भएको थियो । जम्मा ४०४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि प्राप्त गर्नु भएको सो शिविरमा १२६ जनाको निःशुल्क सुगर र पिसाव परिक्षण, साथै ३२ जनाको एकांग स्नेहन स्वेदन एवं २ जनाको कपिंग सेवा पनि प्रदान गरिएको थियो।

Download: नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर
122