• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-563528
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद अस्पताल

कास्की, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु नागरिक वडापत्र वार्षिक कार्ययोजना
  • आयुर्वेद औषधालयहरु
  • नागरिक आरोग्य सेवा केन्द्रहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती सुचनाको हक
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    प्रकाशन बोलपत्र विल तथा फारम कार्यविधि/ निर्देशिका/मापदण्ड
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  • कार्यालय परिसरमा अवस्थित जडिबुटीहरु
  1. गृहपृष्ठ
  2. समाचार
  3. नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर



मिति २०८१ पौष २७ गते शनिवार गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २८ को कालिका स्वास्थ्य चौकीमा नि:शुल्क १ दिने बृहत आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भयो। पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकीको समन्यव रहेको सो नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरको स्थानीय आयोजक २८ नं. वडा कार्यालय , पोखरा महानगरपालिका रहेको थियो । गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालय, माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमको उद्घाटन सत्र २८ नं. वडा कार्यालय , पोखरा महानगरपालिका अध्यक्ष श्री श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको थियो। गण्डकी आयुर्वेद अस्पतालका कविराज निरीक्षक डा.रामकृष्ण भुजेलले संचालन गर्नु भएको सो कार्यक्रममा बिशेष अतिथि जिल्ला समन्वय समिति, कास्की प्रमुख श्री लिलाधर पौडेल, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, चिकित्सा सेवा महाशाखा प्रमुख डा.रमेश कुमार के.सी., पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख श्री भरत राज पौडेल, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त राज शर्मा, क्षयरोग उपचार केन्द्र, पोखराका निमित्त निर्देशक डा. सुनिल गौतम, समाज सेवी कृष्ण बहादुर के.सी., समाज सेवी कुलदीप बराल ज्युको आतिथ्यता रहेको थियो । गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा. शंकर गौतम ज्यूले नेतृत्व गर्नु भएको चिकित्सकीय टोलीमा डा. दीक्षा पौडेल, डा. नरेन लामिछाने, डा. किरण कमल बस्ताकोटी, डा. अनिल थापा, डा. शुभाष भुजेल, डा. बिपिन बन्धु आचार्य रहनु भएको थियो । जम्मा ४२२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि प्राप्त गर्नु भएको सो शिविरमा १०५ जनाको निःशुल्क सुगर र पिसाव परिक्षण, साथै ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनाको कपिंग सेवा पनि प्रदान गरिएको थियो। सो  शिविरमा हाडजोर्नि रोग सम्बन्धि : घुँडा र जोर्नीको समस्या, बाथ युरिक एसिड, नशा रोग सम्बन्धि : प्यारालाइसिस, नशा च्यापिएको, हाड जोर्नी झमझमाउने, साइटिका, पायल्स, फिसर, फिस्टुला, दिसा गर्दा रगत आउने, पिप आउने, मलद्वार च्यातिएको, दिसा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, नाक, कान, घा“टी रोग सम्बन्धि : नाकमा मासु पलाएको, हड्डी बाङ्गिएको, टाउको दुखिरहने, पिनास, माइग्रेन, नाकको एलर्जि, स्त्री तथा प्रसुतीरोग सम्बन्धि : सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, बाँझोपना ड्ड पेट तथा छाति रोग सम्बन्धि : ग्याष्ट्रिक, कब्जियत, अल्सर, दम, खोकी, निमोनिया, पिसाब रोग सम्बन्धि : मृगौला एवं पिसाब नलीका समस्याहरुको समाधान गरिएको थियो ।

Download: नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर


Share Tweet Share
120
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  •   स्वर्ण प्राशन फर्म
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
प्रादेशिक स्वास्थ्य निर्देशनालय
गण्डकी आयुर्वेद अस्पताल
कास्की, नेपाल

061-563528

gandakiayurveda@gmail.com

http://gaa.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Gandaki Ayurveda Hospital 2025