प्रथम स्थान प्राप्त ..
आ. व. २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको गण्डकी प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आ. व. मा गरिएको कार्य सम्पादनको आधारमा आयुर्वेद तर्फ गण्डकी आयुर्वेद औषधालय, कास्की पहिलो स्थान हासिल गरेको छ । स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काले अध्यक्षता गर्नुभएको समापन कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचीब डा. विनोद बिन्दु शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचीव डा. दिपेन्द्ररमण सिंह, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, बुलिङ्गटार गाउँपालिका , बडिगाड गाउँपालिका, पुतलीबजार नगरपालिका र अजिरकोट गाउँपालिका अध्यक्ष/प्रमुखहरु, गण्डकी प्रदेश सरकारका का.मू. प्रमुख सचिव रघुराम बिष्ट र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका मन्त्री माननीय कृष्ण प्रसाद पाठकज्यूले मन्तब्य राख्नुभएको थियो ।
तेसै गरि आ. व. २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रमको पोष्टर प्रर्दशनी प्रतिस्पर्धामा आयुर्वेद औषधालय/आयुर्वेद स्वास्थ्य केन्द्र तर्फ प्रथम स्थान प्राप्त गर्न सफल गण्डकी आयुर्वेद औषधालय, कास्कीको पोष्टर..







Download: प्रथम स्थान प्राप्त ..
148
