संगठित रुपमा योग कार्यक्रम २०८०/१०/०५
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् बासुदेव घिमिरे ज्युको अध्यक्षतामा एबं सहायक प्रमुख जिल्ला अधिकारी श्रीमान् गंगा बहादुर छेत्री / श्रीमान् गुरुदत्त ढकाल, चार वटै सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी मिलन केन्द्र, कास्कीका अध्यक्ष लगायत कास्की जिल्ला स्थित सम्पूर्ण कार्यालयका कार्यालय प्रमुखहरुको समुपस्थितिमा जिल्ला प्रशासन कार्यालय, कास्कीको सभाहलमा संगठित रुपमा योग कार्यक्रम (Corporate Yoga) सम्पन्न भयो । सो कार्यक्रममा आगामी महिना देखि प्रत्येक महिनाको ५ गते संचालन हुने कास्की जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठकको शुरुवात कर्पोरेट योग अभ्यासबाट शुरु गर्ने निर्णय पनि भयो ।

Download: संगठित रुपमा योग कार्यक्रम २०८०/१०/०५
51