अन्तरक्रिया तथा छलफल सम्पन्न
गण्डकी आयुर्वेद अस्पतालको संयोजनमा अस्पताल प्रमुख डा.शंकर गौतम ज्यूको अध्यक्षता सहित कास्की जिल्ला स्थित आयुर्वेद संस्थाहरुको आयुर्वेद स्वास्थ्यकर्मीहरुको सहभागितामा AHMIS, नागरिक आरोग्य अभियान, आयुर्वेद कार्यक्रम तथा आयुर्वेद सेवा लगायतका विषयमा अन्तरक्रिया एवं छलफल सम्पन्न.
कार्यक्रममा भेडावारी प्रा.स्वा.के., माछापुच्छ्रे गा.पा.का डा.अनिल थापा, पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, आयुर्वेद संयोजक सरिता अधिकारी (देवकोटा), शिशुवा आयुर्वेद औषधालयबाट शशी कोइराला, बेगनास आयुर्वेद औषधालयबाट शरद आचार्य, नागरिक आरोग्य सेवा केन्द्र, पुम्दीभुम्दीबाट गोविन्दराज आचार्य, रुपा गाउँपालिका देउराली आयुर्वेद औषधालयबाट एकेश थापा, हाँसपोखरी आयुर्वेद औषधालयबाट बेचन साह, अन्नपूर्ण गाउँपालिका लुम्ले आयुर्वेद औषधालयबाट नरहरी बराल, नागरिक आरोग्य सेवा केन्द्र, नाउडाँडाबाट जमुना लामिछाने लगायत अस्पतालका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Download: अन्तरक्रिया तथा छलफल सम्पन्न
132