अन्नपूर्णमा संगठित रुपमा योग (कर्पोरेट योग)
गण्डकी आयुर्वेद औषधालयको आयोजना एवं अन्नपूर्ण गाउँपालिकाको समन्वयमा वडा नं.२ को सभाहलमा संगठित रुपमा योग (कर्पोरेट योग) कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी आयुर्वेद औषधालय प्रमुख डा.कुमार कासुला ज्यूको अध्यक्षता रहेको सो कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद पोख्रेल ज्युले दैनिक राष्ट्रिय गान संगै कर्पोरेट योगको अभ्यास गरि कार्यालय शुभारम्भ गरिने र यसलाई सम्पूर्ण पालिकामा अभियानको रुपमा संचालन गरिने मन्तब्य ब्यक्त गर्नुभयो भने बिशेष अतिथि वडा नं.२ वडाध्यक्ष श्री पिताम्बर भण्डारी ज्युले कार्यक्रम पालिकामा संचालन भएकोमा धन्यवाद ब्यक्त गर्दै उपस्थित सम्पूर्ण कर्मचारीहरुलाई दैनिक कर्पोरेट योग गर्दै तनाव मुक्त भई सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिन आह्वान गर्नुभयो ।

Download: अन्नपूर्णमा संगठित रुपमा योग (कर्पोरेट योग)
37