अन्नपूर्ण गा.पा., कास्कीमा नागरिक आरोग्य अभियानको शुरुवात गरिएको छ
गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजना एवं स्थानीय नागरिक आरोग्य समिति, अन्नपूर्ण गा.पा.को समन्वयमा नागरिक आरोग्य समूह, वडा नं. १, अन्नपूर्ण गा.पा., नागरिक आरोग्य सेवा केन्द्र, नाउडाँडा तथा लुम्ले आयुर्वेद औषधालय, लुम्ले सहितको सहकार्यमा शुरु गरिएको नागरिक आरोग्य अभियानको क्रममा संचालन गरिएको तीन दिवसीय योग शिविर मिति २०८१ जेष्कोठ २० गते सम्पन्न भएको छ
तीन दिवसीय योग शिविरसंगै पहिलो दिन उदघाटन सत्र, योगाभ्यास सहित स्वाथ्य जीवनशैली अन्तरक्रिया गरियेको थियो भने दोस्रो दिन योगाभ्यास पछी स्वास्थ्य परिक्षण गरिएको थियो तथा अन्तिम दिन योगाभ्यास संगै मधुमेह र यसले आँखामा गर्ने असर नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सहित समापन गरिएको छ

Download: अन्नपूर्ण गा.पा., कास्कीमा नागरिक आरोग्य अभियानको शुरुवात गरिएको छ
79