दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_३
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं २२ नं. वडा कार्यालय, पोखरा महानगरपालिका, पोखरा स्वास्थ्य चौकी र नागरिक आरोग्य सेवा केन्द्र, पुम्दीभुम्दीको समन्वयमा दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम पुम्दीभुम्दीमा सम्पन्न भएको छ ।
२०८२ आषाढ ०५ गते संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका २२ नं. वडा अध्यक्ष रहनु भएको थियो भने उपस्थित महिला स्वास्थ्य स्वयं सेविका तथा स्तनपायी आमाहरुलाई गण्डकी आयुर्वेद अस्पतालका डा.नारायण पाण्डेले दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण गराउनु भएको थियो।

Download: दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_३
67