दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_२
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं सिम्पली आधारभूत स्वास्थ्य सेवा केन्द्र र नागरिक आरोग्य सेवा केन्द्र, नागडाँडाको समन्वयमा दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ आषाढ ०४ गते संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका १ नं. वडा अध्यक्ष रहनु भएको थियो भने उपस्थित महिला स्वास्थ्य स्वयं सेविका तथा स्तनपायी आमाहरुलाई गण्डकी आयुर्वेद अस्पतालका डा.दीक्षा पौडेलले दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण गराउनु भएको थियो।

Download: दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_२
76