दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_१
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं सिक्लेस स्वास्थ्य चौकी र नागरिक आरोग्य सेवा केन्द्र, सिक्लेसको समन्वयमा दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम सिक्लेस स्मावास्थ्य चौकीको सभाहलमा सम्पन्न भएको छ ।
२०८२ जेष्ठ २१ गते संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि मादी गाउँपालिका १ नं. वडा अध्यक्ष श्री देवीजंग गुरुङ रहनु भएको थियो भने उपस्थित महिला स्वास्थ्य स्वयं सेविका तथा स्तनपायी आमाहरुलाई गण्डकी आयुर्वेद अस्पतालका डा.सुभास भुजेलले दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण गराउनु भएको थियो।

Download: दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_१
81