११ औँ विश्व योग दिवस २०८२_पोखरा-३०, खुदी
पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको समन्वय एवं ३० नं. वडा कार्यालयको स्थानीय आयोजनामा श्री त्रिभुवन शान्ति नमुना मा.वि., खुदीमा "सिंगो पृथ्वी, समग्र स्वास्थ्यका लागी योग" भन्ने मूल नाराका साथ योगाभ्यास सहित नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गण्डकी आयुर्वेद अस्पताल, कास्की प्रमुख डा.शंकर गौतम ज्यूको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ७० जना बढीले योगाभ्यासमा सहभागिता जनाउनु भएको थियो भने ३५० जनाको स्वास्थ्य परिक्षण, २९५ जनाको रगतमा चिनीको मात्रा परिक्षण, ५८ जनाले पुर्वकर्म सेवा, ४१ जनाले कपिंग सेवा प्रदान गरिएको थियो भने ३२१ जनालाई आयुर्वेद औषधि वितरण गरिएको थियो ।

Download: ११ औँ विश्व योग दिवस २०८२_पोखरा-३०, खुदी
80